Media Network

तारा एयर दुर्घटनाकाे सम्भावित ठाउँ पहिचान


खबरस्टोरी संवाददाता

१५ जेष्ठ २०७९,आईतवार

काठमाडौं। पोखराबाट जोमसोमका लागि उडेको वेपत्ता तारा एयरको विमान खोजी गर्दा अझै भेटिन सकेको छैन । खोजीका क्रममा पाइलटको मोबाइलमा कल गर्दा घन्टी बजेको छ । 

त्यसपश्चात सम्पर्कविहीन बनेको तारा एयरको ट्विनअटर विमानबारे सम्भावित दुई ठाउँको पहिचान भएको छ । जहाज मुस्ताङको टिटी लेक वरपर र लार्जुङ क्षेत्रलाई सम्भावित क्षेत्र मानेर खोजी गर्ने तयारी भइरहेको  म्याग्दीका प्रहरी नायव उपरीक्षक डीएसपी तिलक भारतीले खबरस्टोरीलाई बताए । 

त्यस्तै जिल्ला प्रशासन कार्यालय मुस्ताङले अहिले मौसममा केही सुधार आएकाले खोजीका लागि हेलिकोप्टर परिचालन गर्ने तयारी भइरहेको जनाएको छ । बिहानैदेखि सम्पर्कविहीन भएको जहाज खोज्न मौसम खराबी कारण हेलिकोप्टर परिचालन गर्न सकिएको थिएन ।

अहिले नेपाली सेनाको र निजी कम्पनीका हेलिकोप्टर परिचालन गरेर खोज्ने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले  जनाएको छ ।  



 

Share:
Reaction :
ताजा समाचार
खेलकुद