Media Network

ट्रक व्यवसायीहरू आन्दोलित, भाडादर समायोजनको माग


खबरस्टोरी संवाददाता

१५ जेष्ठ २०७९,आईतवार

काठमाडौं । वर्षौंसम्म पनि भाडा दर समायोजन नगरिएको भन्दै ट्रक ब्यवसायीहरु आन्दोलित भएका छन् । सरकारले सात वर्षअघि ट्रकको भाडादर समायोजन गरेको थियो । त्यसयता पटक पटक गरी पेट्रोलियम पदार्थको मूल्य दोब्बर भइसक्दा पनि सात वर्षअघि गरिएको समायोजनसमेत कार्यान्वयन नभएको भन्दै ब्यवसायीहरु आन्दोलित भएका हुन् । 

तत्काल उक्त भाडादर कार्यान्वयन नभए जेठ २० गतेदेखि सबै ट्रकहरु ठप्प पारी ढुवानी रोक्ने उनीहरुले चेतावनी दिएका छन् । पटक पटक तेलको मूल्य बढ्दा पनि ढुवानी ब्यवसायप्रति बेवास्ता गरिँदा ब्यवसाय नै धरापमा परेको लुम्बिनी ट्रक व्यवसायी संघका अध्यक्ष विष्णु खरेलले बताए । 

आफूहरुले न्यून पैसामा सेवा दिए पनि विचौलियका कारण उपभोक्ताले महंगी खेप्नु परेको उनीहरुको भनाइ छ । 

सरकारले नै तोकेको भाडादर पाउनुपर्ने मागसहित २० जेठबाट ट्रक घरमै थन्क्याएर ढुवानी रोक्ने निर्णय गरेको पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डेले बताए । 

साथै उनीहरुले लोडिङ कार्डलाई व्यवस्थित र पारदर्शी बनाउने, विभिन्न ट्रक समितिहरुको प्रतिनिधित्वमा अनुगमन गर्ने र सरकारले तोकेको भाडा प्राप्तिका लागि ट्रान्सपोर्ट व्यवसायीहरुसँग पनि सहकार्य गर्ने निर्णय गरेका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद