पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बेलबारी नगरपालिका–४ बेतनामा ना ६ ख ५५४४ नम्बरको ट्रकमा को २० प ७६४५ नम्बरको स्कुटर ठोक्किदा स्कुटर चालक २६ वर्षीय विक्रम राईको मृत्यु भएको हो ।
दुर्घटनामा स्कुटरको पछाडि सवार पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ का २० वर्षीय रञ्जन चेम्जोङ र २२ वर्षीय अभिषेक राई गम्भीर घाइते भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स्कुटर सोही दिशातर्फ जाँदै गरेको ट्रकको पछाडिपट्टि ठोक्किको थियो ।