Media Network

तारकेश्वर गाउँपालिकामा गुनासो सुन्न निःशुल्क हटलाइन सेवा सुरु


खबरस्टोरी संवाददाता

२७ जेष्ठ २०७९,शुक्रबार

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाले निःशुल्क हटलाइन सेवा सञ्चालनमा ल्याएको छ । 

दाङसिङस्थित गाउँ कार्यपालिकाको कार्यालयमा स्थापित हटलाइन सेवा केन्द्रको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले हटलाइन सेवाको सुरुवात गरेका हुन् ।

उनले सेवालाई प्रभावकारी ढङ्गले सञ्चालन गर्ने समेत  बताए । २४सै घण्टा हटलाइन सेवा दिन कर्मचारीको व्यवस्था सहित विनाशंकोच आफ्ना गुनासा वा सल्लाह सुझाब टिपाउन गाउँवासीलाई उनले अनुरोध  गरेका छन् ।

हटलाइन सेवाका लागि टोल फ्री नम्बर १६६००१४५२२२ दिइएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद