Media Network

ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु


खबरस्टोरी संवाददाता

२१ जेष्ठ २०७९,शनिबार

काठमाडौं । रुकुमपूर्व सिस्ने गाउँपालिकाको दादिङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । वडा नम्बर ४ कै कोम्बोटबाट गिट्टी लोड गरेर दादीङतर्फ आउँदै गरेको रा १ त १६१६ नम्बरको ट्याक्टर सोही वडाको दादिङमा दुर्घटना भएको हो । 

दुर्घटनामा परि ट्याक्टरमा सवार दुई जनाको शुक्रबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) ले जनाएको छ । घटनामा दुई जना घाइते छन् । 

मृत्यु हुनेमा सिस्ने–४ दादीङकै १५ वर्षका आकाश बुढा र सोही ठाउँकै ५० वर्षीया नन्दी बुढा रहेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का प्रहरी निरीक्षक एवं सूचना अधिकारी कृष्ण खत्रीले जानकारी दिए । 

घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  

Share:
Reaction :
ताजा समाचार
खेलकुद