Media Network

ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


खबरस्टोरी संवाददाता

२५ जेष्ठ २०७९,बुधबार

चितवन । चितवनमा कार, मोटरसाइकल र ट्याङ्कर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ लेवाटारमा काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको प्रदेश३–०१–०२३च ५०७४ नम्बरको कार, सोही दिशाबाट आउँदै गरेको बा७५प ६११६ नम्बरको मोटरसाइकल र ना७ख १३७१ नम्बरको तेलट्याङ्कर ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । 

मङ्गलबार साँझ पौने ७ बजे ओभरटेक गर्ने क्रममा कारको पछाडिपट्टिको साइडलाइटमा ठक्कर खाएको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकल चालक गोरखाको सहिद लखन गाउँपालिका–४ का अन्दाजी २३ वर्षीय सन्तोष चेपाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ठक्कर दिने ट्याङ्कर चालक र कारचालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद