काठमाडौं । सरकारले जेठ १ गतेबाट लागू हुनेगरी हप्तामा दुई दिन विदा दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।
सरकारले सातामा दुई दिन विदा दिने निर्णय खारेज गर्न उत्प्रेषण परमादेशसमेत माग गर्दै रामबहादुर शाहीसहित ६ जनाले रिट निवेदन दर्ता गराएका हुन्।अदालतले उक्त रिट निवेदनमाथि जेठ २४ गतेका लागि पेसी तोकेको छ।