Media Network

दुईवटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक युवकको मृत्यु


खबरस्टोरी संवाददाता

५ बैशाख २०७९,सोमबार

रौतहट । रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । देवाहीगोनाही नगरपालिका–४ ईमलियाटोल र पटेलचौकबीच सडकमा दुईवटा मोटरसाइकल एकआपसमा जुध्दा एक युवकको मृत्यु भएको हो  ।

बीआर ०५ एच १६८६ नम्बरको मोटरसाइकल र बीआर ३९ एफ ५००३ नम्बरको मोटरसाइकल आइतबार राति १० बजे दुर्घटनामा पर्दा बारा आदर्शकोतवाल गाउँपालिका–४ का २२ वर्षीय कमोद यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय देवाहिगोनाहिका प्रहरी निरीक्षक राजन लम्सालले बताए ।

दुर्घटनामा गम्भीर घाइते भई अचेत भएका यादवलाई  उपचारका लागि  अस्पताल लगिएको थियो । तर, चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक लम्सालले बताए ।

दुर्घटनामा भारतको बिहारका विकास यादव घाइते भएका छन् ।  सामान्य घाइते भएका यादवलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ थालेको छ । यादव मोटरसाइकलमा सवार थिए । उनी सवार मोटरसाइकलका चालक फरार छन् ।


 

Share:
Reaction :
ताजा समाचार
खेलकुद