Media Network

दाइले आफ्नै भाइलाई ४७ मतान्तरले वडाध्यक्षमा हराए


खबरस्टोरी संवाददाता

८ जेष्ठ २०७९,आईतवार

अछाम । अछामको साँफेबगर नगरपालिका–१२ खप्तडमा भाइलाई पराजित गर्दै दाइ वडाध्यक्षमा निर्वाचित भएका छन् । आइतबार सार्वजनिक मत परिणामअनुसार १२ नम्बर वडामा नेपाली कांग्रेसको तर्फबाट जनकबहादुर कडायत वडाध्यक्षमा निर्वाचित भएका हुन् । 

सो वडामा कडायतको पूरै प्यानल विजयी भएको हो । जनकबहादुरले नेकपा (एमाले) का उम्मेदवार आफ्नै सहोदर भाइ धनबहादुर कडायतलाई ४७ मतान्तरले हराए । 

विजेता कडायतले ३ सय ३५ मत पाए । उनका प्रतिद्वन्द्वीले २ सय ८८ मत प्राप्त गरे । वडाध्यक्षमा निर्वाचित कडायत कांग्रेस अछाम क्षेत्र नम्बर १ का क्षेत्रीय सहसचिव समेत हुन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद