दुर्घटनामा परेर मृत्यु हुनेमा दैलेखको दुल्लु नगरपालिका– ९ का ३६ वर्षीय काशीराम पाण्डे र सोही ठाउँका ३२ वर्षीय प्रेम सुनार, कालिकोटको पलाता गाउँपालिका–३ का ज्ञानबहादुर बम र धनकला शाही रहेका दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले बताए ।
दुर्घटनामा परेर ३९ जना घाइते भएका प्रहरीले जनाएको छ । रातिको समयमा बस दुर्घटना भएकाले अझै पुरा विवरण आई नसकेको प्रहरी प्रमुख शाहले बताए ।