Media Network

दलित महिला वडासदस्य मृत फेला


खबरस्टोरी संवाददाता

२३ असार २०७९,बिहीबार

काठमाडौँ। रावाबेँसी गाउँपालिका–३ लामीडाँडाकी दलित महिला सदस्य मेनुजा विश्वकर्मा मृत फेला परेकी छन् । गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट वडाको दलित महिला सदस्यमा निर्वाचित ३० वर्षीय विश्वकर्मा आज बिहान मृत फेला परेकी हुन् ।

माइतीतर्फका हजुरबाको मृत्यु भएपछि मंगलबार माइती घर पुगेकी मेनुजा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

मेनुजा सात सय २० मत ल्याएर दलित महिला सदस्यमा दोस्राे पटक विजयी भएकी हुन् । उनी गाउँ कार्यपालिका सदस्यमा पनि विजयी भएकी थिइन् । स्नातक उत्तिर्ण गरेकी मेनुजाले कांग्रेसका वडा सभापतिको जिम्मेवारी पाएकी थिइन् । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएपी उमेश लम्सालले बताए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद