Media Network

दुम्किबासमा डाइभर्सन बगायो


खबरस्टोरी संवाददाता

३ असार २०७९,शुक्रबार

कावासोती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने–नारायणघाट सडकखण्डको दुम्किबासमा डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको छ । 

नवलपुरको विनयीत्रिवेणी १ दुम्किबासमा विहीबार राती आएको बाढीले डाइभर्सन बगाएर अवरुद्ध सडक विहान एकतर्फी रुपमा खुला भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 

राति करिब २ बजेको समयमा कल्भर्ट बगाएपछि पूर्ण रुपमा अवरुद्ध राजगमार्गमा विहान सवा ८ बजेदेखि बाटो मर्मत गरी एकतर्फी खुला गरिएको छ । 

बाटो मर्मत गरि बिहान पौने ६ बजेबाट एकतर्फि रुपमा यातायात सञ्चालनमा ल्याइएको प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद