Media Network

दाङको तुल्सिपुर र घोराही दुवै उपमहानगरमा एमाले विजयी


खबरस्टोरी संवाददाता

११ जेष्ठ २०७९,बुधबार

दाङ । दाङका दुवै उपमहानगरपालिका नेकपा एमालेले जित हात पार्न सफल भएको छ ।

नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले बलियो क्षेत्र मानिने दाङ माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको गृहजिल्ला हो भने नेकपा एमालेका महासचिव शंकर पोखरेलले यस पटक दुवै उपमहानगरमा आफ्नो वर्चस्व देखाउन सफल भएका छन् ।

दुवै उपमहानगरमा नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्र तीनै पार्टी बलियो रुपमा प्रस्तुत भएतापनि गठबन्धनलाई पराजित गर्दै एमालेले जित हासिल गरेको हो ।निर्वाचनमा गठबन्धनले घोराहीमा माओवादीलाई मेयर र कांग्रेसलाई उपमेयर तथा तुलसीपुरमा कांग्रेसलाई मेयर तथा नेकपा एसलाई उपमेयर भागबण्डा मिलाएका थिए ।

१० पालिका रहेको जिल्लामा दुई उपमहानगरबाहेक ८ पालिकामा भने कांग्रेस–माओवादीले जितेका छन् ।२०७४ सालको निर्वाचनमा एमालेका नरुलाल चौधरी २२ हजार ३ मत प्राप्त गरी निर्वाचित भएका थिए । नेपाली कांग्रेसका भूपबहादुर डाँगी क्षेत्रीले १७ हजार ४८४ र नेकपा माओवादी केन्द्रका जीवन गौतमले १२ हजार ८२ मत प्राप्त गरेका थिए ।घोराहीमा एमालेबाट मेयरमा दोहोरिएका चौधरीले ३१ हजार ७२८ मत प्राप्त गरे । यसैगरी उपप्रमुखमा एमालेकै हुमाकुमारी डिसीले ३० हजार ४०३ मत प्राप्त गरेर विजयी भइन् । यहाँ नेकपा माओवादी केन्द्रका हेमराज शर्मा डायमण्ड प्रमुखमा र कांग्रेसका भुपबहादुर डाँगी उपप्रमुखमा चुनाव लडेका थिए ।

तुलसीपुर उपमहानगरपालिकामा एमालेबाट मेयर उम्मेदवार टिकाराम खड्का र उपमेयर स्यानी चौधरीले विजयी भएका छन् । गठबन्धनका तर्फका उम्मेदवार नेपाली काँग्रेसका गेहेन्द्र गिरी अघिल्लो निर्वाचनका समेत प्रत्यासी हुन् । उपप्रमुखमा एमाले उम्मेदवार स्यानी चौधरीले गठबन्धनतर्फका उम्मेदवार नेकपा एकीकृत समाजवादीका जोगबहादुर रानालाई फराकिलो मतान्तरले पराजित गरेकी छन् ।




Share:
Reaction :
ताजा समाचार
खेलकुद