काठमाडौं । दार्चुलामा आइतबार बिहान भूकम्प गएको छ ।
दार्चुलाको घुसा केन्द्रविन्दु बनाएर आइतबार बिहान ८ः२८ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
उक्त भूकम्पको तीव्रता ४.६ म्याग्निच्युड रहेको केन्द्रले जानकारी दिएको छ।