Media Network

दुर्गम गाउँ पापुङका ३० जना किसानलाई भैंसी वितरण


खबरस्टोरी संवाददाता

२० असार २०७९,सोमबार

काठमाडौँ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले दुर्गम गाउँ पापुङका ३० जना किसानलाई उन्नत जातको भैंसी वितरण गरेको छ । गाउँपालिकाले शुद्ध दूध उपभोग साथै किसानको आयआर्जनमा पनि वृद्धि गर्नमा सहयोग पुर्याउने उद्देश्यले किसानलाई उन्नत जातको भैंसी वितरण गरेको हो ।

आइतबार जिल्लाकै एक दुर्गम गाउँको रुपमा रहेको मिक्वाखोला गाउँपालिका–५ पापुङका किसानलाई उन्नत जातको भैंसी वितरण गरिएको हो । चालू आर्थिक वर्ष २०७८-७९ को बजेटबाट गाउँपालिकाले उन्नत जातको भैंसी खरिद कार्यक्रमका लागि १७ रुपियाँ रकम विनियोजन गरेको थियो । सोही रकमले उन्नत जातको भैंसी खरिद गरी वितरण गरिएको गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले जानकारी दिए। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद