Media Network

५ देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र


खबरस्टोरी संवाददाता

२९ चैत्र २०७८,मंगलवार

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि पाँच मुलुकका गैरआवासीय राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन्।

राष्ट्रपति भवन, शीतल निवासमा अष्ट्रिया, हङ्गेरी, अर्जेन्टिना, क्यानडा र डोमिनिकन गणतन्त्रका राजदूतले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्। प्रमाणपत्र बुझाउनेमा अस्ट्रियाका क्याथरिना विजर, हंगेरीका आन्द्रेस लाज्लो किराली, अर्जेन्टिनाका ह्युगो हाभियर गोबी, क्यानडाका क्यामरुन डीन म्याके र डोमिनिकनका डेभिड पुइग छन्।उनीहरू सबै भारतका लागि सम्बन्धित देशका आवसीय राजदूत हुन्। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद