Media Network

दाउन्ने–नारायणघाट खण्डको चोरमारामा ६ घण्टा राजमार्ग बन्द हुने


खबरस्टोरी संवाददाता

२१ जेष्ठ २०७९,शनिबार

काठमाडौं । पूर्व पश्चिम राजमार्गको दाउन्ने नारायणघाट सडक खण्डको चोरमारामा आइतबार ६ घण्टा राजमार्ग अवरुद्ध हुने भएको छ । 

मध्यबिन्दु नगरपालिका ७ चोरमारास्थित गिरुवारी पुल मर्मत गर्नुपर्ने भएको भन्दै जिल्ला प्रशासनले सूचना जारी गरी राजमार्ग ६ घण्टा अवरोध गर्न लागेको हो । 

गिरुबारी खोलाको पुल मर्मतका लागि सडक अवरुद्ध हुने प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए । राजमार्गको पुल मर्मतका लागि आइतबार बिहान ८ बजदेखि दिउँसो २ बजेसम्म सवारी सञ्चालनमा पूर्ण रुपमा रोक लगाउन लागिएको हो । 

पुलको बीच भाडमा भ्वाङ परेका कारण यातायात आवागमन बन्द गरेर नियमित मर्मतसम्भारको काम गर्न लागिएको प्रजिअ घिमिरेले बताए ।

उक्त खण्डको वैकल्पिक सडक प्रयोग गर्न समेत प्रशासनले अनुरोध गरेको छ। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद