जि.न.प.(पूर्व) विनयी त्रिवेणी गा.पा.२ विश्वकर्मा मन्दिर नजिक पूर्व पश्चिम राजमार्गमा पश्चिम बाट पूर्वतर्फ आउदै गरेको लु १ ख ८७५९ नम्बरको यात्रुवाहक बस र बिपरित दिशा बाट जादै गरेको लु २ ख ८४० नम्बरको ट्रक विहीबार विहान १०ः३० बजे एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परि घाइते ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले बताए । उनकाअनुसार अन्य ९ जना मध्यम र अरु १४ जना सामान्य घाइते छन् ।
१० जनाको चितवनको पुरानो मेडिकल कलेज भरतपुर र अन्य १६ जना घाइतेको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ ।
बस र ट्रकका चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायव उपरीक्षक पाठकले जानकारी दिए ।