Media Network

देवचुलीमा अनपेक्षित हार बेहोरेको भन्दै काँग्रेस सभापति कडरियाले दिए राजीनामा


खबरस्टोरी संवाददाता

४ जेष्ठ २०७९,बुधबार

नवलपूर । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाका नेपाली काँग्रेसका पार्टी सभापति डिल्लीराम कडरियाले नगरसभापति पदबाट राजीनामा दिएका छन् । स्थानीय तहको निर्वाचन २०७९ मा देवचुली नगरपालिकामा नेपाली काँग्रेसले अनेपक्षित हार बेहोरेकाले भन्दैे नैतिकताको आधारमा राजीनामा दिएको सभापति कडरियाले जानकारी दिएका छन् ।

कडरियाले राजीनामा पत्र नेपाली काँग्रेसका जिल्ला उपसभापति बालकृष्ण घिमिरेलाई बुझाएका हुन् । देवचुली नगरपालिकामा नेपाली काँग्रेसको नेतृत्व स्थापित गर्न अहोरात्र खटिए पनि निर्वाचनको मत परिणाम आँफूहरुले सोचेभन्दा फरक आएकोमा कडरियाले दुःख व्यक्त गर्दै देवचुली नगरपालिकाका काँग्रेसजन प्रति क्षमायाचना गरेका छन् ।




Share:
Reaction :
ताजा समाचार
खेलकुद