Media Network

धोबी खोलामा फोहोर फाल्नेलाई महानगरले २५ हजार जरिवाना तिरायो


खबरस्टोरी संवाददाता

२८ असार २०७९,मंगलवार

काठमाडौं । धोबी खोलामा फोहोर फाल्नेलाई काठमाडौं महानगरपालिकाले कारवाही गरेको छ । महानगरले धोबीखोलामा फोहोर फाल्ने प्राक्टिकल बेस्ट सोलुसन प्रालिलाई पच्चिस हजार रुपैयाँ जरिवानासहित कारवाही गरेको हो ।

धोबीखोलामा फोहोर फालिरहेको भिडियो तथा फोटो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । सो सामग्रीको छानविन गरि प्राक्टिकल बेस्ट सोलुसन प्रालिलाईलाई नियम अनुसार पच्चिस हजार रुपैयाँ जरिवाना गरेको नगर प्रमुख बालेन्द्र शाहले जानकारी दिएका छन् ।

नगर प्रमुख बालेन्द्र शाहले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘ हिजो र आज सामाजिक सञ्जालमा धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको चर्चा भइरहेको छ । सो सामग्रीको छानविन गरि उक्त कार्यमा सम्लग्न कम्पनीलाई नियम अनुसार रु. २५,००० (पच्चिस हजार रुपैयाँ) जरिवाना गरेका छौँ । कुनै पनि अवाञ्छित कार्यहरु कसैले पनि नगर्न र कसैले गरेमा त्यसप्रति सबै चनाखो रहन जरुरी छ । यस्ता कार्यहरु सार्वजनिक गरेर महानगरसम्म पुर्याइदिनु भएकोमा धन्यवाद छ । आगामी दिनहरुमा यस्ता कार्य नदोहोर्याउन र गरेको देखेमा यसरी नै सार्वजनिक ध्यानाकर्षणमा ल्याइदिन अनुरोध गर्दछौँ ।’



Share:
Reaction :
ताजा समाचार
खेलकुद