Media Network

धनगढी जाँदै गरेका कांग्रेस सभापति जीप दुर्घटनामा घाइते, माइलो छोराको मृत्यु


खबरस्टोरी संवाददाता

४ बैशाख २०७९,आईतवार

बझाङ । बझाङ्मा शनिवार राती जीप दुर्घटना हुँदा नेपाली कांग्रेस बझाङका सभापति खड्क बोहराका माइला छोरा विनोद बोहराको मृत्यु भएको छ । दुर्घटनामा कांग्रेस सभापति खड्क पनि घाइते छन् ।  बझाङको सुर्माबाट धनगढीतर्फ जाँदै गरेको सुपप्र ०१–००१ च ००९५ नम्बरको जीप वित्थडचिर गाउँपालिका–४ देउलेख बजार नजिकै दुर्घटना हुँदा २७ वर्षीय विनोदको ज्यान गएको प्रहरीले जनाएको छ ।

शनिबार राति पौने १ बजे भएको दुर्घटनामा खड्क सामान्य घाइते भएका छन् ।  सवारी दुर्घटनामा घाइते भएकी खड्ककी कान्छी बुहारी अञ्जु बोहरालाई उपचारका लािग धनगढी रेफर गरिएको छ ।  

घाइते खड्क, उनका कान्छा छोरा पारश तथा चालकसमेत रहेका भतिज गोकुल बोहरा र गोकुलका दुई आमा सिन्की बोहरा र रत्ना बोहराको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलप्रसाद चौधरीका अनुसार उनीहरु वैवाहिक कार्यक्रममा सहभागी हुन धनगढी हिँडेका थिए ।  

Share:
Reaction :
ताजा समाचार
खेलकुद