Media Network

मालपोतका हाकिम घुससहित पक्राउ


खबरस्टोरी संवाददाता

२८ चैत्र २०७८,सोमबार

जनकपुर । मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनिल झा घुससहित पक्राउ परेका छन् ।

सेवाग्राहीसँग पाँच लाख घुस लिँदै गर्दा अख्तियारको टोलीले रंगेहात समातेको हो । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयले जनकपुरको भानुचोकबाट झालाई नियन्त्रणमा लिएको छ । 

जग्गा सम्बन्धी मुद्दा पक्षमा गरिदिने भन्दै घुस मागेको आरोपमा उनलाई सोमबार बिहान पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

रामकुमार महतो, सरिताकुमारी महतो र भाइबुहारी इसैरदेवी महतोको संयुक्त नाममा रहेको धनुषा झिझिकटैयाको जग्गामा विक्रम झाले हकसाफ मुद्दा दायर गरेका थिए । सोही मुद्दामा विषयमा झाले घुस लिएका थिए । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद