Media Network

धनुषामा चट्याङ लागेर बालिकाको मृत्यु


खबरस्टोरी संवाददाता

२९ जेष्ठ २०७९,आईतवार

काठमाडौं । धनुषाको कमला नगरपालिका–३ लग्मा बस्ने भोगेन्द्र दासकी छोरी १३ वर्षीया रन्जना कुमारी दासको चट्याङ लागेर आइतबार बिहान मृत्यु भएको छ । घर नजिकै आफ्नै खेतमा घाँस काट्ने क्रममा चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

यता, धादिङको थाक्रे गाउँपालिका–१ कार्किडाँडा बस्ने ४३ वर्षीया मिरा क्षेत्रीको करेन्ट लागेर शनिबार राति मृत्यु भएको छ । आफ्नै बारीमा मकै गोड्ने क्रममा विजुलीको पोलमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारको लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद