Media Network

धरानमा लौरोको अग्रता कायमै


खबरस्टोरी संवाददाता

६ जेष्ठ २०७९,शुक्रबार

धरान । धरान उपमहानगरपालिकामा लौरो चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवार बनेका हर्क साङपाङ अग्रता कायमै रहेको छ । त्यहाँको ६२ हजार मतमध्ये हालसम्म ४० हजार ७९७ मतगणना भइसकेको छ । 

हालसम्म १२ हजार ५३४ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका पाँच दलीय गठबन्धनका उम्मेदवार किशोर राईले ११ हजार ८१ मत पाएका छन् ।त्यस्तै एमालेकी मञ्जु भण्डारीको भने ९ हजार ११ मत रहेको छ ।  गठबन्धन भन्दा साङपाङ १ हजार ४५३ मतले अगाडी छन् । त्यस्तै नेकपा एमाले भन्दा स्वतन्त्र उम्मेदवार ३ हजार ५२४ मतले अगाडी छन् । 

हालसम्म वडा नम्बर १,२,३,४,५,६,७,८,९,१०,१२,१४,१८ र १९  मत परिणाम घोषणा भइसकेको छ । ११,१३ र १५ न.वडाको मतगणना भइरहेको छ ।त्यस्तै १६ र १७ नम्बर वडाको मतगणना हुन बाँकी छ । २० नम्बर वडाको भने मतगणनामा विवादपछि मतगणना नतिजा घोषणा गर्न बाकी रहेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद