भेटमा उपराष्ट्रपतिले नेपाल र भारतको सम्बन्ध विशिष्ट प्रकारको रहेको बताए । दुई देशबीच धार्मिक, सांस्कृतिक, आर्थिक सम्बन्ध रहेको उल्लेख गर्दे उनले सम्बन्धलाई दिगो बनाउनुपर्नेमा जोड दिए । उपराष्ट्रपतिले नेपाल भारत र चीनको बीचमा रहेको बताउँदै नेपाल, भारत र चीनबीच त्रीपक्षीय सहकार्य गर्नुपर्ने बताए । त्रीपक्षीय सहकार्यमा नेपालले सकारात्मक भूमिका खेल्न सक्ने बताए ।
भेटमा उपराष्ट्रपतिले नेपालको सरोकारमा भारतको सहयोग र सद्भावको खाँचो रहेको बताए । नेपालले सन् २०३० सम्म मध्य आय भएको देश बन्ने लक्ष्य राखेको र उक्त लक्ष्य प्राप्तिमा भारतको सकारात्मक सहयोगको आवश्यकता रहेको बताए । उनले भारतसँग नेपालको व्यापार घाटा उच्च रहेको बताउँदै व्यापार सन्तुलनका लागि भारतको भूमिका महत्वपूर्ण हुने बताए ।
उपराष्ट्रपतिसँगको भेटमा भारतीय राजदूत श्रीवास्तवले नेपाल भारतको असल छिमिकी मित्र भएको बताए । उनले नेपालसँग भारतको विशिष्ट सम्बन्ध रहेको उल्लेख गर्दे दुई देशका साझा सवालमा सहकार्य गर्नुपर्ने बताए । उनले आफ्नो कार्यकालमा नेपाल भारत सम्बन्धलाई थप सुदृढ् गर्ने प्रयास गर्ने बताए ।