Media Network

उपत्यकाका यातायातमा आजबाट जोरबिजोर प्रणाली लागू


खबरस्टोरी संवाददाता

८ माघ २०७८,शनिबार

काठमाडौ । कोभिड–१९ संक्रमण तीव्र भएपछि नियन्त्रणका लागी काठमाडौं उपत्यकामा शनिवार बिहानदेखि यातायातमा जोरबिजोर प्रणाली लागू गरिएको छ ।स्थानीय प्रशासन काठमाडौं, ललितपुर र भक्तपुर को संयुक्त बैठकको निर्णयानुसार जोरबिजोर प्रणाली लागू गरिएको हो। काठमाडौं उपत्यकामा सार्वजनिक र निजी सवारी साधनमा जोर गते जोर तथा बिजोर गते बिजोर नम्बर प्लेटका सवारी साधन सञ्चालन हुने गरी उक्त प्रणाली लागू गरिएको हो ।     

  प्रशासनले सार्वजनिक सवारीमा सीट क्षमताभन्दा बढी यात्रु नराख्न, सबै यत्रुलाई मास्क अनिवार्य गर्न, सवारी साधनको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्ने गरी स्यानिटाइजरको व्यवस्था गर्न आदेश दिएको छ ।    शनिवार बिहानैदेखि सुरक्षाकर्मीलाई ठाउँठाउँमा परिचालन गरिएकोे छ ।     

      


Share:
Reaction :
ताजा समाचार
खेलकुद