साडी पाउँ भनी निवेदन दिएका महिलाहरुलाई साडी वितरण कार्यक्रम राखिएकोले उपस्थित हुन भन्दै खड्काको हस्ताक्षरयुक्त सूचना शुक्रबार प्रकाशित भएको थियो ।
‘वडा कार्यालयमा साडी पाऊँ भनी आवेदन दिनुभएका दिदी बहिनीहरूले तपसिलको मिति, समय र स्थानमा साडी बाँड्ने कार्यक्रम रहेकोले वडा कार्यालयमा आई साडी बुझिलिनु हुन अनुरोध छ,’ वडाध्यक्ष खड्काले जारी गरेको सूचनामा उल्लेख छ ।
२८ वटा समूहका महिलाहरुलाई बाँड्न भन्दै वडाले ७ सय भन्दा बढी साडी खरिद गरेको छ । वडाले एक महिनाअघि नै एक हजार २५० रुपैयाँका दरले ती साडीहरु खरिद गरेको थियो ।
वडाध्यक्षको हस्ताक्षरयुक्त साडी बाँड्ने सूचना बाहिरिएपछि सामाजिक सञ्जालहरुमा निकै आलोचना भएको छ । उक्त सूचना समाजिक सञ्जालहरुबाटै सार्वजनिक भएपछि निर्वाचन आयोगले साडी वितरण रोक्न मौखिक निर्देशन दिएको हो । आयोगको निर्देशन र सवत्र्र आलोचनापछि वडाध्यक्षले साडी वितरण गर्न रोकेका छन् ।
वडाध्यक्ष खड्का २०७४ सालमा एमालेबाट निर्वाचित भएका थिए ।