Media Network

वालिङ जीप दुर्घटना अपडेट : १३ जनाको मृत्यु, १२ घाइते


खबरस्टोरी संवाददाता

३० बैशाख २०७९,शुक्रबार

काठमाडौं।  स्याङ्जाको वालिङमा मतदाता बोकेको जीप दुर्घटना भएको छ । । दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ भने  १२ जना घाइते भएका छन्। 

शुक्रबार बिहान करिब १०ः२० बजे स्याङजा वालिङ नगरपालिका १४ पञ्चमूल अर्खलबासस्थित भित्री सडकखण्डमा सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना भएको हो।  

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डीएसपी रवीन्द्र खनालका अनुसार जिप अनियन्त्रित भइ सडकबाट पाँचसय मिटर तल खस्दा १३ जनाको मृत्यु भएको हो भने १२ घाइते भएका हुन्। मृतकको सनाखत भइनसकेको प्रहरीले जनाएको छ। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद