Media Network

विमला वलीको अर्को नखराः भन्छिन्– राजीनामा दिएकै छैन


खबरस्टोरी संवाददाता

१६ असार २०७९,बिहीबार

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले स्वास्थ्य, जनसंख्या, परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी वलीको राजीनामा स्वीकृत गरिसकेपछि पनि आफूले राजीनामा नदिएको भन्दै नखरा गरेकी छन् । 

लुम्बिनी प्रदेशसभाको बुधबारको बैठकमा एमालेले राज्यमन्त्री वलीको बारेमा प्रश्न उठाउँदै सरकारको जवाफ माग गरेपछि मुख्यमन्त्री केसीले वलीले १२ असारमा दिएको राजीनामा स्वीकृत भएको सदनलाई जानकारी गराएका थिए ।

बुधबारको बैठकको सुरुमै एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले राज्यमन्त्री वलीका सन्दर्भमा भएका घटनाबारे सरकारको धारणा माग गरेका थिए । त्यसपछि सभामुख पूर्णबहादुर घर्तीले त्यसबारे जवाफ दिन मुख्यमन्त्रीलाई समय दिएका थिए । 

प्रदेश सरकार मन्त्रिपरिषद्ले बनाएको जाँचबुझ कार्यदलकोे सदस्यमा कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्तीमगर, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहेको समिति बनाएको थियो ।

वलीले भने आफूलाई राजीनामा दिन पार्टीभित्रैबाट पटकपटक दबाब आएको तर राजीनामा नदिएको दाबी गरेकी छन् । राजीनामापत्र पनि ल्याएर आफूकहाँ नेताहरू आएको तर आफूले अहिलेसम्म हस्ताक्षर नगरेको बताएकी छन् । उनको यस्तो अभिब्यक्तिले मानसिक समस्या भएको हुन सक्ने स्रोतले बताएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद