विमान दुर्घटनामा मृत्यु भएकाको शव आज परिवारलाई बुझाइने


खबरस्टोरी संवाददाता
१९ जेष्ठ २०७९, बिहीबार
विमान दुर्घटनामा मृत्यु भएकाको शव आज परिवारलाई बुझाइने
काठमाडौं । गत जेठ १५ गते मुस्ताङमा भएको तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका २२ जनाकै शव आज परिवारलाई हस्तान्तरण गरिने भएको छ। 

पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा दुर्घटना हुँदा ज्यान गुमाएका सबै २२ जनाकै शवको हिजो पोस्टमार्टम गर्ने काम सकिएको र आज सबै प्रक्रिया पूरा गरेर मृतकका परिवारलाई शव हस्तान्तरण गरिने भएको हो ।

विहान १० बजेपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा रहेका शव परिवारको जिम्मा लगाइने छ।  दुर्घटनामा चालकदलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय तथा दुई जना जर्मन नागरिकको मृत्यु भएको थियो। 

उनीहरुको शव सोमबार र मंगलबार दुई चरणमा नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो।