Media Network

विराटनगरमा ८३ हजार मतगणना सकियो


खबरस्टोरी संवाददाता

६ जेष्ठ २०७९,शुक्रबार

विराटनगर । विराटनगरको मतगणना अन्तिम चरणमा पुगेको छ। ताजा मतपरिणाम अनुसार मेयरमा २७ हजार ४६६ मत साथ नागेश कोइराला अग्रस्थानमा छन्। यो ८३ हजार २३४ मतगणना हुँदाको परिणाम हो।

कोइरालाका निकटतम् प्रतिद्वन्द्वी सागर थापाले २० हजार २१९ मत ल्याएका छन्। नेकपा एमालेबाट उठेका थापा कोइरालासँग ७ हजार २४७ मतले पछि परेका छन्।

यस्तै, मेयरमा उठेका स्वतन्त्र उम्मेदवार उमेश यादवले ८ हजार २४४ ल्याएका छन्। राप्रपाका प्रह्लाद साहले ४ हजार ९५८ मत ल्याएका छन्।

उपमेयरमा नेकपा एमालेकी शिल्पा कार्कीले २३ हजार ८०२ मत ल्याएकी छिन्। उनका निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले १३ हजार ३८३ मत ल्याएका छन्।कार्की यादवभन्दा १० हजार ४१९ मतले अगाडि छिन्। विराटनगर महानगरपालिकामा १ लाख ३३ हजार मतदाता रहेकोमा ८९ हजार ६७८ मत खसेको थियो।

राप्रपाबाट उपमेयर उठेकी उम्मेदवार विन्दा लुइँटेलले ६ हजार ६४ मत ल्याएकी छिन् भने स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ४ हवार ८४८ मत ल्याएकी छिन्।


Share:
Reaction :
ताजा समाचार
खेलकुद