काठमाडौँ। विश्व साइकल तथा वातावरण दिवसको अवसरमा राजधानीमा आयोजित पाटन दरबार ललितपुरदेखि दरवारमार्गसम्म साइकल र्याली गरिएको छ। आज बिहान साढे ७ बजेदेखि पाटन दरबार क्षेत्रबाट सुरु भएको साइकल र्याली पुलचोक, थापाथली, त्रिपुरेश्वर, सुनधारा हुँदै दरबारमार्गमा पुगेर कोण सभामा परिणत भएको थियो ।
साइकल कल्चर मुभमेन्टको आयोजना कार्यमा सम्पन्न भएको साइकल र्याली कार्यक्रमलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मी, नागरिक अगुवा डा. विद्यानाथ कोइराला, साइकल खेलाडी उषा खनाल, विश्व साइकल यात्री पुष्पक शाह, खबरहबका अध्यक्ष नरेश श्रेष्ठ, कलाकार सरोज खनाल, अभियानका संयोजक डा.तारालाल श्रेष्ठलगायत साइकल अभियानकर्मी तथा विभिन्न व्यक्तिहरूले सम्बोधन गरे।
साधनका कारण इन्धनको खपत बढेको र धुवाँधुलो तथा वायु प्रदूषण हुनुका साथ -साथै व्यापार घाटा बढ्दै गएकोमा सचेत गराउन र्यालीको आयोजना गरिएको हो।