Media Network

वैद्य माओवादीका केन्द्रीय नेतासहित १० जना पक्राउ


खबरस्टोरी संवाददाता

१० बैशाख २०७९,शनिबार

नवलपरासी । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय नेतासहित १० जनालाई प्रहरीले नवलपरासीको सुनवलबाट पक्राउ गरेको छ । आगामी वैशाख ३० गते हुन लागेको स्थानीयतह निर्वाचन बहिष्कारको कार्यक्रम चलाउँदै गर्दा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य राम सिं श्रीससहित १० जनालाई इलाका प्रहरी कार्यालय सुनवलले पक्राउ गरेको हो । 

पश्चिम नवलपरासीको सुनवल चोकमा निर्वाचन बहिष्कार लेखिएको ब्यानरसहित कोणसभा गर्दै गर्दा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा माओवादीका स्थायी समिति सदस्य श्रीससहित पोलिटब्यूरो सदस्य धनेश्वर पोख्रेल, जिल्ला सचिवालय सदस्य रामचन्द्र पोखरेल जिल्ला सदस्यहरु रवि तमु (कमल), रवि पुन,  गुणनिधि पोख्रेल, मोहनलाल शर्मा, सुनवल नगर सदस्य ऋषिराम बिक, नेवाः मुक्ती मोर्चाका जिल्ला संयोजक चन्द्रमान मानन्धर लगायत छन् । 

क्रान्तिकारी पत्रकार महासंघका महासचिव पनि पक्राउ

प्रहरीले निर्वाचन बहिष्कार कार्यक्रम गर्दै गरेका क्रान्तिकारी माओवादीका नेता कार्यकर्तासहित एक पत्रकारलाई पनि पक्राउ गरेको छ । समाचार संकलनमा पुगेका क्रान्तिकारी पत्रकार महासंघका महासचिव रवि पाण्डेयलाई पनि प्रहरीले पक्राउ गरेको छ । 

क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष नारायण पंगेनीले शनिवार विज्ञप्ति जारी गर्दै पत्रकारलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रताविरोधी कदम भएको भन्दै अविलम्ब रिहाइको माग गरेका छन् । 

पक्राउ गरिएका सबैलाई इलाका प्रहरी कार्यालय सुनवलमा राखिएको छ । 



Share:
Reaction :
ताजा समाचार
खेलकुद