Media Network

विद्यालय अगाडि भेटियो वृद्धको शव


खबरस्टोरी संवाददाता

२१ असार २०७९,मंगलवार

कावासोती । नवलपरासी पूर्व कावासोती नगरपालिकास्थित शिव माविको कम्पाउण्ड अगाडि एक वृद्धको शव फेला परेको छ । 

कावासोती नगरपालिका २ भाटटोल बस्ने वर्ष ८२ जित बहादुर कामुमगर सोमवार विहान १० बजेतिर कावासोती बजार जान भनी निस्किएका थिए । 

राति अबेर सम्म घर नआएकोमा खोजी गर्ने क्रममा मंगलबार विहान ९ः ४५ बजेको समयमा विद्यालय बाहिर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए । 

घटनाबारे अनुसन्धान भइरहेको डीएसपी पाठकले बताए ।  

Share:
Reaction :
ताजा समाचार
खेलकुद