Media Network

विवादित प्रदेश राज्यमन्त्री वलीको राजीनामा


खबरस्टोरी संवाददाता

१५ असार २०७९,बुधबार

बुटवल । विवादित बनेकी लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । मुख्यमन्त्री कुलप्रसाद केसीलाई उनले राजीनामा पत्र बुझाएकी हुन् । 

राज्यमन्त्री वलीले गत जेठ ३१ गते एकराज बस्नेतको घरमा पुगेर आफू र छोरीलाई हातपात गरेकी थिइन् । लुम्बिनी प्रदेश सरकारले उक्त घटनाबारे छानबिन गर्न मन्त्री तिलकराम शर्माको संयोजकत्वमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्ती र मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहेको छानबिन समिति बनाएको थियो । छानविन समितिलाई सघाउन भन्दै उनले राजीनामा बुझाएकी हुन् । 

राज्यमन्त्री वलीले भने बाहिर आएको कुरा हल्ला मात्र भएको बताउँदै आएकी थिइन् । मन्त्री वली आफैले दुर्ब्यवहार गरी आफै विरामी भएको भन्दै अस्पतालसमेत भर्ना भएकी थिइन् । 

पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ (ख) मा भएको उपनिर्वाचनमा बिमला तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् । फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि उनी मन्त्री पाउने आश्वासनमा माओवादी केन्द्र रोजेकी थिइन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद