Media Network

यी हुन् तारा एयरको दुर्घटनामा परेका ३ परिवार


खबरस्टोरी संवाददाता

१६ जेष्ठ २०७९,सोमबार

काठमाडौँ।  जोमसोमका लागि आइतबार बिहान पोखराबाट उडेको तारा एयरको ९–एनएईटी ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सानोसरे भीरमा  दुर्घटनाग्रस्त भएको अवस्थामा फेला परेको छ । 

उक्त दुर्घटनाग्रस्त तारा एयरको विमानमा ३ परिवारका सबैजसो सदस्य परेका छन्।  उक्त एयरका अनुसार  विमानमा चालक दलका तीन सदस्यसहित २२ यात्रुहरू सवार रहेकामध्ये धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँका सात जना र नेपालको एक श्रेष्ठ परिवारका चार जना रहेको पुष्टि भएको छ । 

धनुषाका गोले परिवार मुक्तिनाथ दर्शनका लागितारा एयरको विमानबाट जोमसोम जाँदै थिए । विमानमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेको छ । यतिबेला विमान दुर्घटना भएको खबरले परिवारमा रुवावासी चलेको छ भने गाउँ नै चिन्तित बनेको छ ।

विमान दुर्घटनामा श्रेष्ठ परिवारबाट  गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ र रोजिना श्रेष्ठ रहेका छन्।  उनीहरु सपरिवार मुस्ताङ यात्राको लागि गएका थिए।

रोजिना बुढानिलकण्ठ विद्यालयमा अध्ययन गरेर अहिले अमेरिकामा पिएचडी अध्ययनको लागि गएकी थिइन्। उनी हाल कोलोराडो स्टेट युनिभर्सिटीमा अध्ययनरत थिइन्। उनी छुट्टि मनाउन नेपाल आएकी थिइन्। उनकी बहिनी रबिना श्रेष्ठ पनि बुढानिलकण्ठ स्कूलकै विद्यार्थी हुन्। उनी रामापो कलेज अफ न्यू जर्सीमा अध्ययनरत थिइन्।

रोजिना र रबिनाका परिवारका ४ सदस्य विमानमा सवार थिए। रोजिना र रविनाका दाइ रोशन श्रेष्ठ भने विमान दुर्घटनाको खबर पाएलगत्तै अमेरिकाबाट नेपाल फर्किएका छन्।

त्यस्तै विमानमा सवार ४ जना भारतीय नागरिक पनि  एकै परिवारका रहेका छन्।  भारतीय सञ्चारमाध्यम ‘इन्डिएन एक्सप्रेस’का अनुसार विमानमा वैभवी बन्देकर, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी रहेका छन्। उनीहरू आफ्नो  सन्तानका साथ घुम्नको लागि नेपाल आएका थिए।

यता चालक दलमा भने क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेस किस्मी थापा थिए।





Share:
Reaction :
ताजा समाचार
खेलकुद