Media Network

यौन दुर्व्यवहार आरोपमा इन्स्टिच्युटका सञ्चालक समातिए


खबरस्टोरी संवाददाता

१४ असार २०७९,मंगलवार

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–५ स्थित बरगाछीमा रहेको कान्तिपुर इन्स्टिच्युटका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । इन्स्टिच्युटमा पढ्न आउने एक युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

इन्स्टिच्युटका सञ्चालक ३६ वर्षीय गुनानन्द महतोलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए । उनका अनुसार बिहान ६ बजेतिर इन्स्टिच्युटमा पढ्न गएकी १९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा महतोलाई पक्राउ गरेको हो ।

युवती इन्स्टिच्युटमा एक्लै भएको मौका छोपेर महतोले यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेको डीएसपी श्रेष्ठले बताए । पीडित युवतीको तर्फबाट महतोविरुद्ध जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता भएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद