यसरी मनाइयो २०९औं भानु जयन्ती (फोटो फिचर)


खबरस्टोरी संवाददाता
२९ असार २०७९, बुधबार
यसरी मनाइयो २०९औं भानु जयन्ती (फोटो फिचर)
काठमाडौं । आज नेपाली साहित्यका नक्षत्र आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती रहेको छ। आदिकवि भानुभक्त आचार्यको यो २०९औं जन्मजयन्तीको अवसरमा देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ। हरेक वर्ष भानु जयन्तीमा काठमाडौंको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण गरिन्छ। 

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले भानुभक्तको शालिकमा माल्यार्पण गरेका हुन् । कार्यक्रममा बालबालिका तथा युवाहरु भानुभक्तको पोस्टरसहित उपस्थित भएका थिए । १८७१ असार २९ गते (आजैका दिन) नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म भएको हो ।

उनका पिताको नाम धनञ्जय आचार्य र माता धर्मावतीदेवी हो । भानुभक्त नेपाली साहित्यका प्राथमिक(प्रथम) कालका प्रतिनिधि कवि हुन् । मोतिराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए । उनले प्रश्नोत्तर (वि.सं. १९१० ), भक्तमाला (वि.सं. १९१०) लगायतका कृतिहरू लेखेका छन् । उनी वाल्मीकि रामायणका अनुवादकका रूपमा प्रख्यात छन् ।