Media Network

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान


खबरस्टोरी संवाददाता

२२ कार्तिक २०७८,सोमबार

काठमाडौँ।  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार  मंगलबार नेपालमा कुनै उल्लेखनिय मौसमी प्रणालीको असर छैन । आज  बिहान पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा छ।

महाशाखाका अनुसार दिउँसो प्रदेश १, वाग्मती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। बुधबार दिउँसो प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। 

पछिल्लो २४ घन्टामा पानी पर्ने प्रणालीको विकास नभएको महाशाखाले जानकारी दिएको छ।


यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

मंगलबार

दिउँसो: प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

राति: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

बुधबार

दिउँसो: प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। 

राति: देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। 

बिहीबार

दिउँसो: देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। 

राति: देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

प्रदेश न १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद