यस विषयमा उच्च अदालत पाटनबाट बिहीबार विभागको नाममा चैत ६ गतेसम्म परीक्षा स्थगित गर्न भनि अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो ।
उक्त आदेशसहितको सूचना आज तामेल हुन आएकोले भोलि हुने लिखित परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको भन्सार विभागका शाखा अधिकृत घनश्याम तिमिल्सिनाले जानकारी दिए ।