प्राचीन युनानका एक महान वैज्ञानिक,दार्शनिक तथा शिक्षाविद थिए अरस्तु अर्थात एरिस्टोटल ।ईसापूर्व ३८४ यूनानी उपनिवेश अन्तर्गत स्टेगिरा नामक स्थानमा जन्मिएका उनी मेसिडोनियाका सम्राट अमितास द्दितियका राज चिकित्सक निकोमैकसका छोरा थिए । जिज्ञासु स्वभावका अरस्तुको सानैदेखि नै मनमा जिव विज्ञानप्रतिको अभिरुचि जागृत थियो । जीव जन्तुको हाउभाउ,स्वभाव, खानपान तथा अन्य गतिविधिहरुको अत्यन्तै सुक्ष्म तरिकाबाट अध्ययन गर्ने गर्दथे ।
प्लेटोका शिष्य अरस्तु
अरस्तु १७ वर्षको उमेरमा नै ज्ञान प्राप्तिको लागी प्लेटोको शिष्य थिए । कालान्तरमा उनी प्लेटोको शिष्य सगै सहयोगी पनि बने ।
प्लेटोद्वारा स्थापित एकेडेमी अफ एथेन्सको सदस्यका रुपमा कार्य गरिसकेको अरस्तुले एकेडेमिमा रहदाँ विज्ञान, गणित, खगोल लगायतका विषयहरुमा गहन अध्ययन तथा अनुसन्धान गर्ने अवसर पाए । सगँसगै उनले चिकित्सा विज्ञानको पनि अध्ययन थालेका थिए ।
गुरु प्लेटो गणितमा पारंगत भएतापनि अरस्तुको मुख्य रुचि भने जीव विज्ञानमा नै थियो ।
पछि प्लेटो महान गणितज्ञका रुपमा र अरस्तु जीव वैज्ञानिकका रुपमा स्थापित भए । प्लेटोका ज्यामितीय, संख्याको गूण इत्यादीमा ठुलो योगदान पुराएका छन् भने अरस्तुको जीव विज्ञान सम्बन्धि सिदान्तको प्रतिपादन लगायतमा ठुलो योगदान देखिन्छ । जैविक पदार्थको लक्षण एवं स्वभाव तथा जीवको उत्पति जस्ता विषयहरुमा एकदमै गहिराइबाट अध्ययन गरेका थिए ।