शिक्षाका मन्दिर मानिने शिक्षालयहरू चेतनाका फूल फुलाउने फूलबारी हुन् । यिनै फूलबारीमा आजका ऊर्जाशील बालबालिकालाई ‘पढ, पढेका ज्ञानलाई व्यवहारमा उतार र अगाडि बढ’ भन्ने मान्यताका आधारमा विशिष्ट ज्ञानको सञ्चार गरिन्छ । यहि लक्ष्यका साथ देशैभर सामुदायिक तथा संस्थागत विद्यालयहरु सञ्चालनमा आएका छन् ।
देशभरका संस्थागत तथा सामुदायिक विद्यालय तथा कलेजहरुका भीँडमा नेपालमै अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रधान गर्ने उद्देश्यका साथ २०५४ सालमा कलेज अफ विजनेस म्यानेजमेन्ट (सीबीएम)को स्थापना भयो ।
चारखाल, डिल्लीबजारमा अवस्थित सीबीएम कलेज काठमाडौँको केन्द्रबिन्दुमा पर्दछ । पूर्व मेचिदेखि पश्चिम महाकालीसम्मका झण्डै एक हजार विद्यार्थीहरु यस कलेजमा अध्ययनरत छन् ।
यस कलेजमा प्लस टुमा विज्ञान तथा व्यवस्थापन र स्नातक तहमा बीबीएम र बीबीएस बिषयहरुको अध्ययन संचालन भइरहेको छ ।
बैंकको जागिर छाडेर कलेज सञ्चालन
कलेजका प्रिन्सिपल सुमन न्यौपाने चार्टर्ड एकाउन्टेन्ट हुन् । उनको बैंकमा राम्रो जागिर पनि थियो तर उनी बैंकको जागिर छाडेर कलेज सञ्चालन गर्न आइपुगेका छन् ।
आफूले सिकेको जानेको कुरा विद्यार्थीलाई सिकाउने र देशका लागि केही गर्ने अठोट लिएका उनी अन्तर्राष्ट्रिस्तरको शिक्षा नेपालमै किन सुरु नगर्ने भन्ने हेतुका साथ यस क्षेत्रमा हेमिएको बताउँछन् ।
२४ वर्षको लामो इतिहास बोकेको सीबीएम कलेजले परिवर्तित विश्व परिवेश र विद्यार्थीको आवश्यकता अनुसार आफ्नो भौतिक संरचनाको स्तरोन्नति गर्नुका साथै अध्ययन–अध्यापनका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको प्रिन्सिपल न्यौपाने बताउँछन् ।
यस कलेज संचालन गर्ने टिममा चार्टर्ड एकाउन्टेन्ट, नर्सिङदेखि लिएर व्यवस्थापन पृष्ठभूमिका युवाहरु छन् । चार्टर्ड एकाउन्टेन्ट, नर्सिङ, व्यवस्थापन आफैंमा एक उत्कृष्ट पेसा हुँदाहुँदै पनि कलेज अफ विजनेस म्यानेजमेन्ट (सीबीएम)मा जोडिन पुगेका युवाको समुहले यस कलेजलाई उचाईमा पुर्याएका छन् ।
त्यस्तै कलेजका निर्देशक सन्दिप सापकोटा, मार्केटिङ निर्देशक तथा सल्लाहकार रञ्जित हमाल, विज्ञान संकायका प्रमुख अमन झा लगायतका युवा शक्ति चार्टर्ड एकाउन्टेन्ट भएर पनि पढेर के बन्ने ? के गर्ने ?’ भन्ने जस्ता प्रश्नमा अडिएका विद्यार्थीहरुलाई मार्ग निर्देशन गर्न सीबीएममा जोडिएका हुन् ।
अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी जनशक्ति उत्पादन
सर्टिर्फिकेट मात्र होइन, कोर्स पूरा गरेपछि विद्यार्थीले हातमा सीप पनि पाउँछन् । कोही बेरोजगार बस्नुपर्दैन । अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति निकाल्छौँ’, मार्केटिङ निर्देशक तथा सल्लाहकार रञ्जित हमाल भन्छन् ।
सीबीएमले म्यानेजमेन्टलाई फोकस गरेको छ । कुनै कलेजमा साइन्स र म्यानेजमेन्ट कोर्स छ भने साइन्समा फोकस गरेको हुन्छ । म्यानेजमेन्टमा कम हुन्छ । ’हाम्रोमा म्यानेजमेन्ट मात्र फोकस छ । उद्यमी कसरी बन्ने ? अर्गनाइजेसनको लिड कसरी गर्ने ? विजनेस गर्न के हुनुपर्छ ? यी सबै सीबीएममा सिक्न पाइन्छ’, हमाल भन्छन् ।
के के छन् सीबीएमका विशेषता ?
दक्ष र अनुभवी शिक्षिकाहरूबाट गुणस्तरीय शिक्षा प्रदान गर्ने सीबीएम कलेज शतप्रतिशत रिजल्ट दिइरहन सफल छ । शान्त, रमणीय र मनोरम वातावरणकाबीच यस कलेजले व्यवहारिक, व्यवसायिक तथा सिपमूलक शिक्षण पद्धतिमा आधारित रही नियमित अध्ययन–अध्यापन गराउँदै आएको छ ।
कलेजले करियर प्लानिङसम्बन्धी कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । अध्ययन अध्यापनका साथसाथै यस कलेजले विद्यार्थीलाई विभिन्न अध्ययन भ्रमण, प्रोजेक्ट वर्क, गोष्टी लगायत अतिरिक्त क्रियाकलापबाट विद्यार्थीको क्षमता विकास गराउदै आएको छ ।
सीबीएमले विद्यार्थीहरुलाई उनीहरुको आन्तरिक क्षमताको विकास गरी देश विकासमा उनीहरुको भूमिका के रहन्छ भन्ने दायित्व बोध पनि गराएको छ । आत्मविश्वासका साथै आफ्नो शिक्षा पूर्ण गरी विद्यार्थीहरुलाई भविष्यको बाटो देखाउने काम यस कलेजले गरेको छ ।
सीबीएम कलेजको पठनविधि व्यावहारिक र प्रयोगात्मक छ । यस्तो पठन विधिले विद्यार्थीको ज्ञान, सिप, र क्षमता विकासमा ठूलो सहयोग पुर्याउँछ । अर्थात विद्यार्थीको नतिजा रिजल्टमा आउने उत्कृष्ट नम्बरमा मात्रै सीमित नराखी उनीहरूको दैनिक जीवनमा प्रयोगमा आउने संस्कार, बोली वचन, बजारमा प्रस्तुत हुँदा उनीहरूमा विकसित आत्मनिर्भरता र नेतृत्वदायी भूमिकामा समेत विद्यार्थीलाई उजागर गर्दै लैजाने खालको अध्ययन शैली सीबीएम कलेजले अबलम्बन गरेको छ ।
अत्याधुनिक र आकर्षक भवनमा सञ्चालित यो कलेजमा बृहत् पुस्तकालय, साइन्स ल्यााब, कम्प्युटर ल्याब, क्यान्टिन, यातायात र स्वास्थ्य लगायतका सम्पूर्ण सुविधाहरू रहेका छन् ।
सीबीएस कलेजले निश्चित विद्यार्थी भर्ना गर्ने र ती विद्यार्थीलाई निश्चित उद्देश्यमा पुर्याउने गरी पठनपाठन गर्दै आएको छ । यसैकारण पनि यस कलेजले विद्यार्थी तथा अभिभावकहरूको मन जित्न सफल भएको छ भने कलेजले निजी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको छ । यस कलेजमा विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था समेत रहेको छ ।
सीबीएम कलेजमा एकपटक जोडिएका अभिभावकसँग सीबीएमको वर्षौंसम्मको सुमधुर सम्बन्ध रहिरहने हुनाले तथा कलेजको विविध गतिविधिमा, विद्यार्थीको नतिजाका समयमा, विभिन्न त्रैमासिक परीक्षाहरूका समयमा, विद्यार्थीमा देखिने कमीकमजोरीका विषयमा अभिभावकसँग गरिने अन्तरक्रियाका कारण यस कलेजलाई सदा अभिभावकको साथ पनि रहिरहेको छ ।
विद्यार्थीका लागि उपलब्ध अवसर
– रिसर्च
– इन्टर्नसिप
– छात्रवृत्ति
– प्राक्टिकल
– प्रोजेक्टरबाट पढाइ
बीबीएस, बीबीएम तथा विज्ञान कोर्ष सैद्धान्तिक र प्रयोगात्मक दुवै हिसाबले पढ्नुपर्ने कोर्ष भएकाले सीबीएम कलेजले पढाइसँगै इन्टर्नसिप, ट्रेनङि, जब प्लेसमेन्ट आदिका लागि विविध गतिविधिहरु गर्दै आएको छ ।
यो कलेजमा अध्ययन गरेका विद्यार्थीले उपल्लो तहमा अध्ययनका लागि स्थापित स्वदेशी तथा विदेशी विश्वविद्यालयमा सहज प्रवेश पाउने गरेको मार्केटिङ निर्देशक तथा सल्लाहकार हमाल बताउँछन् ।
रोजगारी तथा व्यावसायिक जीवनमा यहाँबाट उत्पादित जनशक्तिले सम्मानजनक जीवनयापन गरेको कलेजको दाबी छ । बैंक, फाइनान्सियल कम्पनी, बहुराष्ट्रिय कम्पनी, अनुसन्धान केन्द्रलगायत क्षेत्रमा यहाँबाट उत्तीर्ण विद्यार्थी पहिलो रोजाइमा पर्ने गरेका छन् । यस संस्थाले रोजगारीका सम्भावित क्षेत्रका बारेमा जानकारी दिने, त्यसका लागि आवश्यक अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने र आवश्यक सिफारिस उपलब्ध गराउने गरेको छ ।
यसका अतिरिक्त रोजगारदाता संस्था, प्रतिष्ठान तथा कम्पनीहरू यस शैक्षिक संस्थामा आएर आफैँ छनोट गरेर उच्च सम्मानका साथ रोजगारीमा लैजाने गरेको अवस्था पनि विद्यमान छ ।
कलेज अफ विजनेस म्यानेजमेन्टले ‘सिकाइ पद्धति’लाई आदर्श जीवन पद्धतिको अंग ठान्छ । यसले शैक्षिक प्रमाणपत्रका लागि विश्वबजारमा आवश्यक योग्य जनशक्ति त उत्पादन गर्छ नै, यसका अतिरिक्त बहुआयामिक व्यक्तित्व विकास र नेतृत्व क्षमता अभिवृद्वि हुने गतिविधि पनि सञ्चालन गर्दै आएको छ ।