Media Network

ब्रिटिस मोडल कलेजका विद्यार्थीसँग पर्वतारोही एड्रियाना


खबरस्टोरी संवाददाता

२६ जेष्ठ २०७९,बिहीबार

काठमाडौंं । ब्रिटिस पर्वतारोही एड्रियाना ब्राउनली र द ब्रिटिस कलेजको भगिनी संस्था ‘द ब्रिटिस मोडल कलेज’ का ए लेभल विद्यार्थीहरुबीच अन्तरक्रिया गरिएको छ । ब्रिटिस पर्वतारोही एड्रियाना ब्राउनलीले विद्यार्थीहरुसँग आफ्नो अनुभवबारे चर्चा गरिन् ।

कार्यक्रममा द ब्रिटिस कलेजका डाइरेक्टर महेन्द्र कँडेल र फ्याकल्टीको उपस्थिति रहेको थियो । डाइरेक्टर कँडेलले ब्राउनलीलाई स्वागत गरेका थिए । ब्राउनली केबल २१ वर्षको उमेरमा नै विश्वका १४ अग्ला हिमालहरु आरोहण गर्ने सबैभन्दा कान्छी आरोही बन्ने अभियानमा रहेकी छन् । 

विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै उनले भनिन्, म आठ वर्षको हुँदा पहिलो पटक मेरो बुबाले नै पदयात्रा सुरु गर्न प्रोत्साहन गर्नु भएको थियो । सोही प्रेरणका कारण दस वर्ष पुग्नुअघि नै मैले समुदायमा कीर्तिमान तोड्न सफल भए ।’ अन्य पर्वतारोहीको मिसन जस्तै एभरेष्ट उनको सुचीमा थियो । 

हालै मात्र ६ महिनामा सबै १४ हजार ८०० मिटर हिमालहरुको सफल पर्वतारोहण गरेर विश्व

कीर्तिमान तोडेका नेपाली पर्वतारोही निम्ससँग उनले आरोहण गरेकी थिइन् । हालै उनले बनाएको कीर्तिमानलाई लिएर नेटफिल्क्सले १४ पिक्स डकुमेन्ट्री बनाएको थियो ।

‘निम्सले नै मलाई ८००० को सगरमाथा आरोहण गर्ने सबैभन्दा कान्छी पदयात्राको अभियान सुरु गर्न प्रोत्साहित गर्नुभएको थियो । नतिजास्वरुप आज म यो मिसनको मध्यतिर छु,’ ब्राउनलीले भनिन्, ‘मैले हालसम्म सातवटा मिसन पुरा गरिसकेकी छु । १२ जुनमा म मेरो दोस्रो चरणको मिसनका लागि पाकिस्तान पुग्दैछु जहाँ मैले नाङ्गा पर्वत, केटु र ब्रोड पिकको आरोहण गर्ने मिसन छ । अर्को समरसम्म मैले यी चार हिमाल चढ्ने मिसन रहेको छ ।’

उनले बीएमसीमा आफ्नो अनुभव सेयर गर्दै भनिन्– ‘विश्वभरि आरोहणबाहेक, मेरो कथाबाट प्रेरित हुन सक्ने मानिसहरूलाई भेट्न र उनीहरु माझ आफुलाई उभ्याउन मलाई मनपर्छ ।’ उनले आफू जब ए लेभलमा हुँदाको दिनलाई सम्झिँदै आज ब्रिटिस मोडल कलेजमा हुँदा आफू निकै खुसी महसुस गरेको बताइन् । 

उनले आफ्नो १४ पिक्स जर्नीको भाग बन्न सक्ने भन्दै विद्यार्थीहरुलाई धन्यवाद दिएकी छन् ।

उनको अनुभवबाट विद्यार्थीहरुले आफ्नो भविष्यबारे प्रेरणा पाएको कलेजले जनाएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद