Media Network

बौद्ध विश्वविद्यालयले लुम्बिनीमा अस्पताल बनाउने 


खबरस्टोरी संवाददाता

२१ आश्विन २०७८,बिहीबार

काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालयले बुद्ध जन्मस्थल लुम्बिनीमा अस्पताल बनाउने भएको छ । 

धुलिखेल अस्पतालसँगको सहकार्यमा बौद्ध विश्वविद्यालयले लुम्बिनीमा अस्पताल सञ्चालन गर्ने योजना स्वरुप सैद्धान्तिक सहमति भएको छ । 

लुम्बिनीको खडैयामा जनरल अस्पतालबाट स्वास्थ्य सेवा सुरू गर्ने योजना अघि बढाउँदै धुलिखेल अस्पतालसँग सैद्धान्तिक सहमति भएको हो । 

बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यकाअनुसार जनरल अस्पतालबाट स्वास्थ्य सेवा सुरू गर्ने योजना अगाडि बढाएको छ । 

अस्पताल सञ्चालनपछि स्थानीय समुदाय विश्वविद्यालयसँग जोडिने र शैक्षिक क्रियाकलापमा समेत सघाउ पुग्ने विश्वास विश्वविद्यालयले गरेको छ । खडैयामा विश्वविद्यालयको शिक्षक आवास र छात्रावास रहेको छ । 
प्रारम्भिक चरणमा विशेषज्ञ डाक्टरसहित ८ जनासम्म स्वास्थ्यकर्मी रहने गरी अस्पताल निर्माणको योजना अघि सारिएको विश्वविद्यालयले जनाएको छ । 
विश्वविद्यालयसँग सैद्धान्तिक सहमतिपछि धुलिखेल अस्पतालको प्राविधिक टोलीले प्रस्तावित अस्पताल निर्माणस्थलको अध्ययन तथा अवलोकन गरिरहेको छ । 

बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्यले विश्वविद्यालयले परापकारी काम गर्न अग्रसरता दिइरहने बताए ।
 

Share:
Reaction :
ताजा समाचार
खेलकुद