Media Network

एलएलबी इन्ट्रान्सविरुद्धको मुद्दा हेर्न नभ्याईनेमा


खबरस्टोरी संवाददाता

२० जेष्ठ २०७९,शुक्रबार

काठमाडौ ।सर्वोच्च अदालतले एलएलबी खारेजीको मुद्दा हेर्न नभ्याइनेमा राखेको छ। एलएलबीको इन्ट्रान्स रोक्न अन्तरिम आदेशबारे छलफलका लागि आजका लागि सुनुवाइ तोकिएकोमा मुद्दा हेर्न नभ्याइनेमा परेको हो। 

बिएएलएलबी अध्ययनरत ऋतिक यादव र रितेश पन्थीले दर्ता गराएको रिटमा सर्वोच्चले आजका लागि न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र सुष्मालता माथेमाको इजलासमा सुनुवाइ तोकेको थियो।

एलएलबीको शनिबार इन्ट्रान्स तोकिएको छ। सर्वोच्चले यसअघि तीनवर्षे एलएलबीलाई फेजआउट गर्दै लानुपर्ने आदेश सुनाएको थियो। त्यसपछि पनि एलएलबीमा नयाँ भर्ना खुलाइएको भन्दै भर्ना प्रक्रिया रोक्न निवेदकले माग गरेका थिए ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद