यसअघि सर्वोच्चले ३ वर्षे एलएलबी फेज आउट गर्न आदेश दिए पनि त्रिभुवन विश्वविद्यालयले सो विषयमा विद्यार्थी भर्ना नरोकेका करण सर्वोच्चमा रिट दायर भएको हो ।५ वर्षे बिएएलएलबी अध्ययनरत ऋतिक यादव र रितेश पन्थीले बिहीबार दर्ता गराएको रिटको पेसी शुक्रबार तोकिएको छ । रिटमा त्रिभुवन विश्वविद्यालयका साथै त्रिवि प्राज्ञिक परिषद्, कानुन संकाय, नेपाल ल क्याम्पसलगायतलाई प्रतिवादी बनाइएको छ ।
हाल कुनै पनि विषयमा स्नातक गरेको विद्यार्थीले ३ वर्षे एलएलबी गर्न सक्ने व्यवस्था छ भने प्लस टु गरेको विद्यार्थीले ५ वर्षे बिएएलएलबी गर्ने गरी नेपालका विश्वविद्यालयहरूले शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका छन् ।