Media Network

एसईई परीक्षा भोलिदेखि


खबरस्टोरी संवाददाता

८ बैशाख २०७९,बिहीबार

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारबाट शुरू हुने भएको छ । यो वर्ष २ हजार ७ परीक्षा केन्द्रमा ५ लाख १४ हजार ९ सय ७७ विद्यार्थी सहभागी हुँदैछन् । तीमध्ये छात्रको संख्या २ लाख ५७ हजार ५३ रहेको छ भने छात्राको संख्या २ लाख ५७ हजार ९ सय २४ रहेको छ । 

देशभर करिब ११ हजार ६ सय १५ विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको छ । काठमाडांैमा मात्रै १ सय २४ वटा परीक्षा केन्द्र कायम गरिएको छ ।

एसईईमा यो वर्ष प्राविधिक समूहमा ४२ विषय समावेश छन् भने प्राविधिक धारका विद्यार्थीको संख्या १४ हजार ५ सय ६४ छ । 

यस्तै, ग्रेडवृद्धि परीक्षामा ११ हजार ४ सय १४ परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । 

परीक्षाका लागि सबै केन्द्रमा उत्तरपुस्तिका पुगिसकेको छ । केन्द्र नजिकै रहेको प्रहरी कार्यालयमा एक साता पहिले नै प्रश्नपत्र पु¥याइएको कार्यालयले जनाएको छ ।

परीक्षा बिहान ८ बजेबाट शुरू हुने तालिका छ । शुक्रबारबाट शुरु हुने परीक्षा २० गतेसम्म सञ्चालन हुनेछ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद