११ हजार तीन सय ७५ विद्यालयमा परीक्षा हुनेछ । सबैभन्दा बढी काठमाडौंमा एक हजार तीन सय विद्यालयमा एक सय २४ केन्द्र कायम गरिएको छ ।राष्ट्रिय परीक्षा बोर्डको बुधबार सम्पन्न बैठकमा सो जानकारी गराइएको थियो । बैठकमा यो वर्षको परीक्षामा चार लाख ९४ हजार ६ सय ८१ जना विद्यार्थी सहभागि हुँदैछन् ।
परीक्षामा सबैभन्दा बढी काठमाडौंमा ३६ हजार विद्यार्थी सहभागी हुनेछन् । त्यस्तै, सबैभन्दा कम मुस्ताङ र मनाङमा एक–एक परीक्षा केन्द्र कायम गरिएको छ । मनाङमा २९ र मुस्ताङमा १ सय ८३ परीक्षार्थीले सहभागिता जनाउने भएका छन् ।