Media Network

एसईईमा उतिर्ण हुन न्यूनतम ३५ प्रतिशत ल्याउनै पर्ने


खबरस्टोरी संवाददाता

५ मंसिर २०७८,आईतवार

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र प्रयोगात्मकतर्फ ४० प्रतिशत अङ्क नल्याए विद्यार्थीले माथिल्लो कक्षा पढ्न नपाउने व्यवस्था गरिएने भएको छ  । अक्षराङ्कन विधिले सिकाइ गुणस्तरमा प्रभाव पारेको भन्दै विद्यालय तहको परीक्षामा सैद्धान्तिक र प्रयोगात्मक विषयमा तोकिएको न्यूनतम अङ्क ल्याउनै पर्ने व्यवस्था गरिन लागेको हो ।

एसईईमा हाल भइरहेको व्यवस्थाअनुसार सैद्धान्तिक र आन्तरिक मूल्याङ्कन दुवैतर्फको प्राप्ताङ्कलाई जोडेर नतिजा प्रकाशन गर्ने गरिएको छ । सैद्धान्तिकमा थोरै अङ्क ल्याए पनि आन्तरिक मूल्याङ्कनमा विषय शिक्षकले दिने उच्च अङ्कका कारण परीक्षार्थीको समग्र ग्रेड उच्च हुने गरेको छ । यसले विद्यार्थीको सिकाइमा असर पार्ने र माथिल्ला कक्षा चढे पनि उत्तीर्ण हुन नसक्ने जस्ता समस्या निम्त्याउने गरेको छ । यसले विद्यार्थीमा सिकाइ र पढ्ने बानीको ह्रास भएको तथा यसले गुणस्तर खस्काएको ठहर शिक्षा निकायले गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले सो प्रतिवेदनमाथि आवश्यक राय पेस गर्न राष्ट्रिय परीक्षा बोर्डमा पठाएको र बोर्डबाट सुझाव आइसकेको बताउँदै छिटै पारित हुने जानकारी दिए ।


 

Share:
Reaction :
ताजा समाचार
खेलकुद