हेराल्ड कलेज काठमाडौंले शुरु गर्‍यो आइएमबिए


खबरस्टोरी संवाददाता
२३ फाल्गुन २०७८, सोमबार
हेराल्ड कलेज काठमाडौंले शुरु गर्‍यो आइएमबिए
काठमाडौँ।  बेलायतस्थित उल्भर ह्याम्टन विश्वविद्यालयको सम्बन्धन प्राप्त हेराल्ड कलेज काठमाडौंले इन्टरनेशनल एमबिए (आइएमबिए) कोर्ष शुरु गरेको छ । सो कलेजले पहिलो ब्याचको अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो । पहिलो ब्याचमा १ सय २६ जना विद्यार्थी अध्ययन गर्नेछन् ।

दुई वर्षे यो कोर्ष पुर्ण रुपमा प्रयोगात्मक र ब्यावहारीक सिकाइमा आधारित हुनेछ । यो कोर्ष अध्ययन गर्ने विद्यार्थीले विभिन्न प्रकारका अन्तक्र्रिया छलफल र प्रयोगात्मक अभ्याससंगै विभिन्न संघ–संस्थामा गएर कामको अनुभव साटासाट गर्न पाउने छन् । 

उल्भर ह्याम्टन विश्वविद्यालयले हेराल्ड कलेज काठमाडौमा नेपालमा सो कोर्षको पढाई शुरु गर्न पाएकोमा खुसी व्यक्त गरेको छ । विश्वविद्यालयका अधिकारीले भने,‘नेपाली विद्यार्थीका लागि यो विषय नेपालमै बसेर अन्तराष्ट्रिय स्तरको अध्ययन गर्ने अवसर हो । आइएनजी ग्रुपले लामो समयदेखि बेलायतको विश्वविद्यालबाट  सम्बन्धन प्राप्त विभिन्न कोर्षहरु नेपालमा प्रदान गरिरहेको छ ।  यस्ले बेलायत र नेपालबीचको शैक्षिक र प्राज्ञिक सम्बन्धमा थप मजबुत बनाउन सहयोग पुयाउने विश्वास गर्दछ । 

‘अभिमुखीकरण कार्यक्रममा हेराल्ड कलेज काठमाडौले प्रदान गर्ने शैक्षिक गुणस्तरीयता र व्याबसायीक विकासबारे प्रकाश पारिएको थियो । यस कार्यक्रमले प्रयोगात्मक पाठ्यक्रममा रहेर अन्तक्रिया र गतिबिधि केन्द्रीत शैक्षिक पद्धती अबलम्बन गर्नेछ’– आइएनजि ग्रुपका प्रबन्ध निर्देशक रवि फुयाँलले भने । प्रमुख अतिथिको रुपमा बोल्दै उनले कलेजले शुरुवात गरेको यो विषय सायद नेपालमा नौलो र पुर्ण रुपमा प्रयोगात्मक रहेको बताए । सन् १८३५ मा बेलायतमा स्थापना भएको उल्भर ह्याम्टन विश्वविद्यालयले  नेपालको गुणस्तरीय शिक्षाको अपेक्षा सहित सन् २०१६ मा  हेराल्ड कलेज काठमाडौलाई सम्बन्धन दिएको थियो । 

कलेजमा अभिमुखीकरण संगै आइएनजी ग्रुपका कलेज र संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइयो) भेटघाट कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा बिराटनगर इन्टरनेशनल कलेजका सिइयो डा. ऋषिकेश वाग्ले, आइएनजी स्किल एकेडेमीका सिइयो निखिल श्रेष्ठ, इन्फरमेटिक्स कलेज पोखराका सिइयो अभिनभ दाहाल, आइएनजी फुडका सिइयो सगुन शर्मा, हेराल्ड कलेज काठमाडौंका सिइयो प्रकाश श्रेष्ठ, भैरब टेक्नोलोजीका सिइओ विजय लिम्बु सेनिहाङग आ–आफ्नो कलेज र संस्थाको बारेमा बारेमा अनुभव साटासाट गरेका थिए ।